बाढीपहिरोले देशैभरका अधिकांश राजमार्गहरू अवरुद्ध

User Image मेयरसाप डेस्क | २ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68e20f694e066.gif

काठमाडौं । लगातारको वर्षा र बाढीपहिरो का कारण मुलुकका विभिन्न भाग जोड्ने महत्वपूर्ण राजमार्गहरू नराम्ररी प्रभावित भएका छन् । यातायात सञ्चालनमा ठूलो समस्या आएको छ भने यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार पृथ्वी लोकमार्गको जवाङखोला क्षेत्रमा ठूलो पहिरो खसेका कारण यो सडक पूर्ण रूपमा बन्द भएको छ । पहिरोले प्रभावित भए पनि अत्याधिक व्यस्त नारायणगढ–मुग्लिन सडक भने अहिले एकतर्फी रूपमा सञ्चालनमा छ ।

काभ्रे जिल्लाका बिपी राजमार्ग र अरनिको राजमार्गमा थप जोखिमलाई ध्यानमा राख्दै अनिश्चित समयका लागि सवारीसाधन दुवैतर्फी होल्ड गरिएको छ । देशका अन्य स्थानहरूमा पनि धेरै सडकहरूमा आवागमन ठप्प छ ।

सङ्खुवासभाको वरुणखोला लगायत खाँदबारीदेखि किमाथाङ्का र थुमसुर जाने बाटो पूर्ण रूपमा अवरुद्ध छ । धरान आसपासको साघुँरीगढी गाउँपालिकाको चनौटे र सिमसुवामा पनि बाटो अवरुद्ध छ ।

अन्य अवरुद्ध लोकमार्ग र सडकहरू
रसुवाको पासाङल्हामु सडक
ओखलढुङ्गाको सिद्धिचरण लोकमार्ग
सिन्धुलीको सिन्दुरे दोभान मा मदन भण्डारी राजमार्ग
मकवानपुरको महालक्ष्मी खोला स्थित फाखेल –हुमाने– काठमाडौं सडक
कान्तिलोकपथ र कुलेखानी सिस्नेरी–दक्षिणकाली–काठमाडौं सडक

प्रशासनले यात्रुहरूलाई बाटो अवरोध खुलाउने काम भइरहेको जानकारी दिँदै अत्यावश्यक कामबाहेक यात्रा नगर्न र वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ ।


Facebook Comments