उदयपुरमा गाडी बगाउँदा एक महिलाको मृ*त्यु, २१ यात्रुको उद्धार

User Image मेयरसाप डेस्क | २ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68e21755d4340.jpg

उदयपुर । बेलका नगरपालिका–४ स्थित लाल बजार नजिकैको अमन खोलाले एक हायस गाडी बगाउँदा २१ जनाको उद्धार भएको छ भने एकजना मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति १२ बजे मोरङको विराटनगरबाट काडमाडाँै हिँडेको बा ४ ख १६२८ को हायस गाडी सिन्धुलीको भिमानबाट पुनः फर्कने क्रममा उदयपुरको बेलकास्थित लालबजार नजिकैको अमन खोलाको कजवेमा बाढीले बगाएको हो ।

गाडीमा सवार २२ जनामध्ये इलाका प्रहरी कार्यालय बेलका र जिल्ला प्रहरी कार्यालयको टोलीले २१ जनाको उद्धार गरेको थियो भने एकजना बेपता भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक केदारमान दोङले बताए ।

बाढीले बगाएको एक जनालाई खोजी गर्ने क्रममा अहिले बिहान इलाका प्रहरी कार्यालय बेलकाको टोलीले बगाएको स्थानभन्दा डेढ किलोमिटर तल गिदेरी खोला नजिकै शव फेला पारेको इप्रकाका प्रमुख मौसम उदासले बताए ।

मृतक मोरङको सुन्दरहरैचा नगरपालिका बस्ने वर्ष ४० की मञ्जु अधिकारी रहेको प्रहरीले जनाएको छ ।


Facebook Comments