बाढी पहिरोमा परेर ज्यान गुमाउनेको संख्या ५२ पुग्यो, कोशी प्रदेशमा मात्र ४९ जनाको मृ*त्यु


काठमाडौं । शुक्रबारदेखिको निरन्तरको वर्षाका कारण बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या ५२ जना पुगेको छ । नेपाल प्रहरीले दिएको पछिल्लो विवरण अनुसार, देशभर ज्यान गुमाउनेको संख्या ५२ पुगेको हो ।
सशस्त्र प्रहरी बलका अनुसार कोशी प्रदेशमा मात्र ४९ जनाको मृत्यु भएको छ । कोशीको पनि इलाममा मात्र ३७ जनाको मृत्यु भएको छ ।
मधेशमा तीन र बागमतीमा एकजनाको मृत्यु भएको छ। मधेशको रौतहटमा चट्याङबाट तीनजनाको तथा बागमतीको काभ्रेपलाञ्चोकमा सुक्खा पहिरोबाट एकजनाको मृत्यु भएको हो ।
Facebook Comments