ओली भन्छन्– यो नेपालीको सरकार होइन, गृहमन्त्रीले धेरै नचम्किनू

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68e76dae8544d.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको वर्तमान सरकार नेपालीको सरकार नभएको दाबी गरेका छन् ।

बिहीबार भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा बोल्दै ओलीले सरकारको गठन प्रक्रिया र कार्यशैलीमाथि कडा आलोचना गरेका हुन् ।

उनले प्रधानमन्त्री कार्कीले संसद् भङ्ग गर्ने पूर्वसर्त राखेर लोकतन्त्रको जग भत्काएको आरोप लगाए । अध्यक्ष ओलीले प्रधानन्यायाधीश र न्यायाधीश भएको व्यक्ति प्रधानमन्त्री वा मन्त्रीको कुर्सीमा बस्न नमिल्ने संवैधानिक व्यवस्थाको स्मरण गराए ।

ओलीले गृहमन्त्रीलाई नामै नलिई धेरै नउत्ताउलिन, नचम्किन र सम्हालिन सुझाव दिँदै राजनीतिलाई ख्यालठट्टा नठान्न चेतावनी दिए । सरकारलाई चुनाव गराउने म्यान्डेट भए पनि सोही दिशामा नलागेको उनको भनाइ छ ।

आफूविरुद्ध पासपोर्ट रोक्का गर्ने र उपत्यका छाड्न नमिल्ने भन्दै सडकमा तमासा गरिएको बताउँदै ओलीले सुशीला कार्कीको डरले आफू नभाग्ने बताए ।

उनले जेनजी नामका बालबालिकालाई अगाडि सारेर पेट्रोल छर्कने र आगो लगाउनेहरूलाई सरकारले कारबाही नगरे पनि क्षम्य हुन नसक्ने बताए ।


Facebook Comments