७८ अंकले घट्यो नेप्से, साढे ६ अर्बमाथि कारोबार
मेयरसाप डेस्क
|
२०८२ असोज २६ गते १३:४७
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा भारी गिरावट आएको छ । नेप्से परिसूचक ७८.८३ अंक घटेर २५०३ अंकमा सीमित भएको छ ।
दिउँसो कारोबारको न्यूनतम बिन्दु २४९३ अंकसम्म पुगेको थियो । बजार घटे पनि कारोबार रकममा भने वृद्धि आएको छ । बिहीबार ५ अर्ब २७ करोडको कारोबार भएकोमा आज ६ अर्ब ७० करोड रुपैयाँको सेयर कारोबार भयो ।
बजारमा रहेका सबै सेक्टरका सूचक घटेका छन् । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ४.८४ प्रतिशतले ओरालो लाग्यो । बुटवल पावरको मूल्य सबैभन्दा धेरै ९.२७ प्रतिशत घट्यो ।
नेपाल पुनर्बीमाको ९.१५ प्रतिशत र राधि विद्युतको ८.५० प्रतिशत मूल्यमा गिरावट आयो । यस दिन ९ कम्पनीको मात्र मूल्य बढ्यो भने २४२ कम्पनीको घट्यो । नेपाल माइक्रो इन्स्योरेन्सको मूल्य ६.०१ प्रतिशतले बढ्यो ।
Facebook Comments