यूएईविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल


काठमाडौं । ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया एण्ड ईएपी छनोट अन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो महत्त्वपूर्ण खेलमा नेपालले यूएईविरुद्ध टस जितेको छ ।
ओमानको अल अमारेत ग्राण्डमा हुने यो खेलमा नेपालका कप्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका छन् । खेल नेपाली समयअनुसार सवा ४ बजेबाट सुरु भएको छ ।
नेपालले यसअघि समूह चरणमा जापानविरुद्ध खेलेको टोलीलाई नै निरन्तरता दिएको छ र प्लेइङ–११ मा कुनै परिवर्तन गरेको छैन ।
Facebook Comments