मृत्यु भइसकेको भनेर छोडिएको शिशुलाई जब रमाले ५ घण्टा कृत्रिव श्वास दिएर बचाइन्...


बाजुरा । बाजुराकी अनमी रमा थापाले लगातार पाँच घण्टा कृत्रिम श्वास दिएर एक शिशुको ज्यान बचाएकी छन् । गौमुल गाउँपालिका–१ माडीकी २९ बर्षकी निशा बोहराले जन्म दिएको शिशुको अनमी थापाले कृत्रिम श्वासको माध्यममार्फत ज्यान बचाएकी हुन् ।
निशालाई उनका आफन्तले माडी सामूदायिक स्वास्थ्य केन्द्रमा सुत्केरी गराउन लगेका थिए । स्वास्थ्य संस्थामा पुर्याउँदा बच्चाको टाउको पेटमा अड्किएको थियो भने खुट्टा बाहिर निस्केका थिए । स्वास्थ्यकर्मीले हातले शिशु निकाले ।
जन्मेको शिशु निसासिएको थियो, श्वास नै थिएन् । बच्चाको मृत्यु भइसकेको भनेर छाडेका थियौ अनमी रमा थापाले बताइन् । फेरि पनि श्वास जाग्छ कि भनेर लगातार श्वास दियांै विस्तारै बच्चाको मुटुको धड्कन चलेको अनमी थापाले बताइन् ।
‘दिउँसो पौने ४ बजे जन्मेको शिशुले रातिको करिब साढे ९ बजेतिर लगातार कृत्रिम श्वास दिएपछि बच्चाले अलि बढी श्वास फेर्न सुरु गरेको थापाको भनाइ छ । कृत्रिम श्वासले लामो समयपछि श्वास फेरेपछि बच्चा बाँच्ने आश जाग्यो । त्यसपछि शिशु रोएपछि फेरि पनि श्वास दिदै गयौं । चम्चाले दुध खुवायौं, त्यसपछि विस्तारै बच्चाको स्वास्थ्यमा सुधार आयो,’ अनमी थापाले भनिन् ।
जोखिम अवस्था सुत्केरी गराइएकी निशा र बच्चाको अवस्था अहिले सामान्य छ । माडी सामुदायिक स्वास्थ्य संस्थामा अहिलेसम्म यातायातका साधन पुग्न सकेका छनन् । सडक सञ्जाल नपुग्दा यहाँका कयौं आमाहरुले समस्या भोग्नुपर्ने बाध्यता रहेको छ ।
माडी सामुदायिक स्वास्थ्य ईकाइर्ले विगत दुई वर्षदेखि सेवा दिँदै आइरहेको छ । दुर्गममा स्वास्थ्य सेवाको पहुँच पुर्याउन दुई वर्ष पहिला स्वास्थ्य संस्था स्थापना गरिएको थियो । गौमुलको वडा नम्बर १ बाहेक अन्य वडामा सहज यातायातको पहुँच रहेको छ तर त्यहाँ पुग्न सकेको छैन् । यातायातका साधन सञ्चालनको लागि सडक निर्माण कार्य जारी छ ।
दुर्गमका आमाहरुका पीडा, राज्य संयन्त्र मौन
जिल्लामा स्वास्थ्य संस्था टाढा हुँदा समयमै गर्भवती आमालाई स्वास्थ्य संस्था पुर्याउन नसक्ने अवस्था छ । उनीहको उद्दारका लागि राज्य संयन्त्रले पनि ध्यान दिएको पाइँदैन् ।
बाजुरामा यस्ता खाले घटनाहरु कयौं घटिरहेका हुन्छन् । जिल्लामा पाँच वर्ष यता मात्रै समयमै सुत्केरीको हवाई उद्धार नहुँदा दर्जनौ सुत्केरी आमाहरुको मृत्यु भएको छ । नौं वटा स्थानीय तह भएको जिल्ला अझै पनि विकासका हिसाबले पछाडि छ । अझ भनौ गर्भवती सुत्केरी आमाहरुले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता झन विकराल छ । यहाँ गर्भवती सुत्केरी आमाहरुलाई स्वास्थ्य संस्था पुर्याउन घण्टौ हिड्नुपर्ने अवस्था छ । विरामीलाई स्टेचर वा डोकोमा हालेर अस्पताल लैजानुपर्ने बाध्यता छ । सुत्केरी आमाहरुलाई उद्धारको लागि जहाज कुर्दाकुर्दै उनीहरुको ज्यान जाने अवस्था छ । यहाँका आमाहरुले बाटोमै बच्चा जन्माउन बाध्य छन् । समयमै सहज उपचार पाउँन सकेका छैनन् । सरकारले लागु गरेको सुत्केरी हवाई उद्धार कार्यक्रम बाजुरामा पनि प्रभावकारी बनाउन जरुरी छ । बाजुरामा अस्पताल पुग्न सुत्केरी महिलाहरुलाई हम्मेहम्मे पर्ने गरेको छ ।
उचित किसिमको बाटोघाटो, यातायातको सुविधा नहँुदा उनीहरुले पीडा भोग्नुपर्ने बाध्यता छ । समयमै अस्पताल पुर्याउन नसक्दा कतिपय आमाहरुले आफ्ना सन्तान गुमाएका छन् ।
Facebook Comments