जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक भए देउवा दम्पत्ति

काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा पार्टीको केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन् । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि देउवा दम्पत्ति पहिलो पटक आज सार्वजनिक भएका हुन् ।
जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित आफ्नै निवासमा देउवा दम्पत्तिमाथि कुटपिट भएको थियो । कुटपिटबाट टाउकोमा गम्भीर चोट लागेका देउवालाई १२ टाँका लगाइएको थियो ।
सुरक्षाको कारण देखाउँदै देउवाको उपचार कहाँ गरिएको भन्ने खुलाइएको थिएन । उनीहरु केही अघि मात्र डिस्चार्ज भएका थिए । डिस्चार्जपछि पनि पार्टीका कुनै पनि कार्यक्रममा उपस्थित नभएका देउवा दम्पत्ति आज पार्टीको केन्द्रीय समितिको बैठकमा सहभागी भएका हुन् ।
Facebook Comments