मलामी गएका युवा नारायणी नदीमा बेपत्ता

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Narayani-River.jpg

चितवन । मलामी गएका युवा नारायणी नदीमा बेपत्ता भएका छन् । राप्ती नगरपालिका–६ बाट शव लिई देवघाटमा मलामी आएका २५ वर्षीय विजय चौधरी नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार आज दिउँसो १२ः१० बजे चौधरी नारायणी नदीमा बेपत्ता भएका हुन् । उनको खोजी भइरहेको खनालले जानकारी दिए । 


Facebook Comments