राष्ट्र बैंकको प्रवक्तामा कार्यकारी निर्देशक पौडेल
मेयरसाप डेस्क
|
२ घण्टा अगाडि
काठमाडौं । नेपाल राष्ट्र बैङ्कको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई तोकिएको छ । पौडेललाई बुधबारदेखि लागू हुनेगरी राष्ट्र बैङ्कको प्रवक्ता तोकिएको हो ।
विसं २०५९ मा सेवा प्रवेश गर्नुभएका पौडेलले बैङ्क तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, बैङ्क सुपरीवेक्षण विभागलगायतको जिम्मेवारी सम्हालिसकेका छन् । हाल उनी मानव संसाधन व्यवस्थापन विभागमा कार्यरत रहेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।
Facebook Comments