दीपक खड्काको कम्पनीलाई स्काउटको चेतावनी– ७ दिनभित्र भाडा नतिरे सामान जफत गर्छौं

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/dipak.JPG

काठमाडौं । नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले आफ्नो जग्गामा रहेका संरचना र सो जग्गामा रहेका मालसामान जफत गर्ने तयारी गरेको छ। आज सार्वजनिक सूचना जारी गर्दै स्काउटले प्रयोगकर्तालाई ७ दिनभित्र बहालको बक्यौता रकम तिर्न ताकेता गरेको छ ।  अन्यथा जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामानहरु जफत गर्ने चेतावनी दिएको छ ।

उक्त कम्पनीले भाडा चुक्ता नगर्दा स्काउटलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्दै बहालको बक्यौता रकम तिर्न अन्तिम मौका प्रदान गरिएको सूचनामा उल्लेख छ । स्काउटको जग्गा र त्यहाँका संरचना खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिले भाडामा सञ्चालन गर्दै आएको छ । यो कम्पनी पूर्वमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य दीपक खड्काको स्वामित्वमा छ।  

नेपाल स्काउटको लैनचौरस्थित केन्द्रीय कार्यालयमा रहेको कित्ता नम्बर १० को ३ रोपनी जग्गा खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिले २०५६ सामा भाडामा लिएको थियो। तर, सम्झौता अवधि २०७५ सालमै समाप्त भए पनि कम्पनीले राजनीतिक पहुँचको भरमा ७ वर्षदेखि कब्जा गर्दै आएको आरोप लाग्दै आएको छ । 


Facebook Comments