स्लोभाकिया पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
मेयरसाप डेस्क
|
४ घण्टा अगाडि
काठमाडौं । वैदेशिक रोजगारीको आकर्षक प्रलोभन देखाएर रकम ठगी गर्ने कार्यमा संलग्न एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
सर्लाही बागमती नगरपालिका–१ घर भई हाल काठमाडौं महानगरपालिका–६ बस्ने ४४ वर्षीया साबित्रा हुमागाई लाई ठगीको अभियोगमा बुधबार प्रहरीले नियन्त्रणमा लिएको हो ।
हुमागाईले एक पीडितलाई ‘स्लोभाकिया पठाइदिने’ भन्दै ६ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको भन्दै उजुरी परेको थियो ।
उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं–६ बाट पक्राउ गरेको हो ।
पक्राउ परेकी हुमागाईलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ ।
Facebook Comments