रास्वपाको विस्तारित बैठकमा पेश भएकाे प्रतिवेदनमा के छ? (पूर्णपाठ)

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/rsp-party.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक चितवनको सौराहमा सुरु भएको छ । पार्टीका कार्यवाहक सभापति डोलप्रसाद ’डीपी’ अर्यालले उक्त बैठकमा राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

प्रतिवेदनमा पछिल्लो समसामयिक राजनीति, पार्टीको अबको कार्यदिशा, निर्वाचन र जेन–जी आन्दोलन लगायतका विषयमा पार्टीको धारणा उल्लेख गरिएको छ ।

आज र भोलि गरी दुई दिन चल्ने बैठकमा केन्द्रीय सदस्य, सल्लाहकार परिषद्, प्रदेश सचिवालय, जिल्ला सभापति, विदेशस्थित संगठनका पदाधिकारीसहित ५१२ जना प्रतिनिधि सहभागी हुने बताइएको छ ।

केन्द्रीय सदस्य राजन गौतमका अनुसार, बैठकमा पेश गरिएको प्रतिवेदनमाथि प्रतिनिधिहरूले सुझाव राख्नेछन् र आवश्यक परे ती सुझाव समेटेर प्रतिवेदन परिमार्जनसहित बैठक समापन हुनेछ ।

यस्तो छ प्रतिवेदन


Facebook Comments