हङकङ इन्टरनेशनल सिक्सेसः नेपालद्वारा भारत ९२ रनले पराजित

जारी प्रतियोगितामा नेपालको पहिलो जित

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/nepal7.PNG

काठमाडौं । हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिताअन्तर्गत आज नेपालले भारतलाई ९२ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा यो नेपालको पहिलो जित हो । 
 
जितका लागि नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारत तीन ओभरमा अलआउट हुँदै ४५ रनमा समेटियो । उसका लागि भरत चिप्ली र प्रियांक पञ्चालले १२/१२ रन बनाए भने रोविन उथप्पाले पाँच तथा दिनेश कार्तिक र सहबाज नदिमले समान सात÷सात रन बनाए । 
 
नेपालका लागि रसिद खानले तीन विकेट लिए भने रुपेश सिंह र बसिर अहमदले समान दुईरदुई विकेट लिए ।
 
पहिले ब्याटिङ गरेको नेपालले निर्धारित छओभरमा कुनै पनि विकेट नगुमाइ १३७ रन बनाएको थियो । नेपालका लागि रसिद खानले ५५ रनको योगदान दिए भने सन्दीप जोराले ४७ र लोकश बमले ३१ रन बनाए । 
 
यसअघि आजै भएको समूह चरणको खेलमा नेपाल दक्षिण अफ्रिकासँग चार विकेट र श्रीलङ्कासँग तीन विकेटले पराजित भएको थियो । साथै हिजो भएको खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको थियो ।


Facebook Comments