विराटनगरमा महेश बस्नेत सवार गाडीमा जेनजीले छ्यापे रातो रङ
मेयरसाप डेस्क
|
२०८२ मंसिर ७ गते १२:४५
काठमाडौं । एमाले नेता महेश बस्नेत सवार गाडीमा जेनजी युवाहरूले रातो रङ छ्यापेका छन् । युवा संघको कार्यक्रममा सहभागी हुन आइतबार बिहान विराटनगरबाट इटहरीतर्फ जाने क्रममा युवाहरूले बस्नेत सवार गाडी रोकेर रातो रङ छ्यापेका हुन् ।
प्रहरी भ्यानकाे पछाडि गुडिरहेको महेश बस्नेत सवार कारमा युवाहरु सडक किनारबाट दगुर्दै गएर रङ फ्याँकेका हुन् । रङ प्रहार गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा विराटनगर–२ का १९ वर्षीय अरजित कुँवर र विराटनगर–१ का २५ वर्षीय संजोग गौतम रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ।

प्रहरीले उनीहरुलाई पक्राउ गर्दा पनि जेनजी युवाहरु महेश बस्नेतविरुद्ध नारा लगाइरहेका थिए ।
Facebook Comments