दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ हुँदै

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ७ गते १३:१६
Image of https://mayorsap.com/storage/photos/shares/durga-prasai_1.jpg

काठमाडौ‌‌।  ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ का संयोजक दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ हुँदैछ । सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ हुने भएको हो । 

सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै पक्राउ गर्नुको कारणसहित उनलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।

प्रहरीले गत मङ्सिर १ गते प्रसाईंलाई पक्राउ गरेर सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ । 

प्रसाईँ नेतृत्वको महाअभियानले आजदेखि गर्ने भनिएको विरोध प्रदर्शनलगायतका कार्यक्रम भने फिर्ता लिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तापछि महाअभियानले विरोध प्रदर्शनलगायतका कार्यक्रम फिर्ता लिएको हो । 

सहमतिपत्रमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र महाअभियानका तर्फबाट सचिव प्रेमदीप लिम्बूले हस्ताक्षर गरेका छन् । वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागका सन्दर्भमा विस्तृत छलफल भएको र निरन्तर छलफल, वार्ता तथा सहजीकरण गर्दै सहमति भएको विज्ञप्तिमा उल्लेख छ । 


Facebook Comments