रेडियो अडियोका संस्थापक दिपेन्द्र खनिया मृत फेला, आत्मह*त्या गरेको आशंका

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ७ गते १७:५१
Image of https://mayorsap.com/storage/photos/shares/dipendra-khaniya.jpg

काठमाडौं। रेडियो अडियोका संस्थापक दिपेन्द्र खनिया मृत फेला परेका छन्। खनिया बानेश्वरस्थित घरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको हो। 

खनियाले आत्महत्या गरेको प्रहरीको आशंका छ । उनको मृत्युको अन्य कारण अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ। अहिले घटनास्थलको मुचुल्का गरी शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ।

उनी एक छोरी र श्रीमतीसँग बस्दै आएका थिए। 


Facebook Comments