हर्क साम्पाङ भन्छन्–युवाले आफू कसरी र कोबाट परिचालन भइरहेका छौं भन्ने बुझ्नुपर्छ

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ७ गते १९:००
Image of https://mayorsap.com/storage/photos/shares/harka-sampang-photo.jpg

भोजपुर । श्रम, संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सबैले मिलेर देश परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।

स्थानीय टुँडिखेलमा आज आयोजित कार्यकर्ता भेला तथा सङ्गठन विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साम्पाङले श्रम बिना परिवर्तन सम्भव नभएकाले सबै शक्ति मिल्न जरुरी रहेको धारणा राखे। देशको जनशक्ति नै युवाशक्ति भएकाले युवाको सही प्रयोग हुन आवश्यक रहेकामा उनले जोड दिए। 

“युवाले आफूहरु कसरी र कोबाट परिचालन भइरहेका छौं भन्ने बुझन आवश्यक छ”, अध्यक्ष साम्पाङले भने। युवाले अब श्रम गरेर पसिना बगाउन आवश्यक रहेको उनको भनाइ थियो । अध्यक्ष साम्पाङले अबका दिनमा सबै सच्चिन आवश्यक रहेको बताए। 


Facebook Comments