एनपीएलः आज इलिमिनेटरमा काठमाडौं र लुम्बिनी खेल्दै

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २४ गते १८:५५
Image of https://mayorsap.com/storage/photos/shares/npl6-1-1.jpg

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत  इलिमिनेटरमा आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन् । खेल अपराह्न ४ः०० बजेदेखि सुरु हुनेछ । 

काठमाडौं तेस्रो र लुम्बिनी चौथो स्थानमा छ । लिग चरणको खेलमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो । आज जित्ने टोली दोस्रो क्वालिफायरमा विराटनगर किङ्ससँग भोलि खेल्नेछ । विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससंग पराजित भएको थियो । 


Facebook Comments