डडेल्धुराबाट काठमाडौंतर्फ आइरहेको बस दाङमा दु-र्घटना, २२ जना घाइते

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २५ गते ००:३७
Image of https://mayorsap.com/storage/photos/shares/68ad731e49611.jpg

दाङ । डडेल्धुराबाट काठमाडौंतर्फ गइरहेको ना८ख ७४५५ नम्बरको यात्रीबस पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–१ कौडियापुलमा दुर्घटना हुँदा २२ जना यात्री घाइते भएका छन् ।

लमहीस्थित वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोशनराज पाण्डेयका अनुसार आज बिहान पुलबाट खोलामा बस खसेको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीयको सहयोगमा घाइतेहरूलाई उद्धार गरी लमही अस्पताल पु¥याइएको छ । बसमा ३८ जना यात्री थिए ।  


Facebook Comments