एमाले अध्यक्ष ओलीले आज सम्पादकहरूसँग छलफल गर्दै
मेयरसाप डेस्क
|
२०८२ मंसिर २५ गते ०८:१४
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सम्पादकहरुसँग छलफल गर्दै छन्। अध्यक्ष ओलीले आज दिउँसो १ बजे सम्पादकहरूसँग छलफल गर्न लागेको एक एमाले नेताले बताए । प्रेस चौतारी नेपालको आयोजनामा कार्यक्रम तय भएको हो ।
शनिबारदेखि शुरू हुने एमालेको ११ औं महाधिवेशनबाट पुनः अर्को कार्यकालका लागि अध्यक्ष हुने तयारी गरेका ओलीले सम्पादकहरुसँगको भेटमा आफ्ना आगामी योजना र रणनीति सार्वजनिक गर्दै छन् ।
Facebook Comments