गोवाको 'नाइट क्लब'मा ज्यान गु-माएका ५ नेपालीको श-व ल्याउने तयारी
मेयरसाप डेस्क
|
२०८२ मंसिर २५ गते ००:३७
काठमाडौं । सरकारले भारतको गोवास्थित एक नाइट क्लबमा शनिबार भएको आगलागीमा परेर ज्यान गुमाएका ५ जना नेपालीको शव ल्यान पहल थालेको छ । नाइट क्लबको भान्सामा सिलिन्डर विस्फोट भएर आगो लाग्दा पाँच जना नेपालीसहित २५ जनाको मृत्यु भएको थियो।
अन्य ६ जनाभन्दा बढी घाइते भएका थिए । गोवा प्रहरीका अनुसार ज्यान गुमाउने नेपालीहरुमा दाङका ३१ वर्षीय चुर्णबहादुर पुन, सिन्धुलीका लिलबहादुर कटुवाल (विवेक), झापाका सविन विश्वकर्मा र सुदीप विश्वकर्मा तथा डडेलधुराका मनोज जोरा छन् ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार दिल्लीस्थित नेपाली दूतावास तथा त्यहाँ काम गर्न बसेका अन्य स्थानीय नेपालीको समन्वयमा नेपाली नागरिकहरूको शव नेपाल ल्याउने तयारी भइरहेको छ। यसका लागि दूतावासले आवश्यक कागजपत्र बनाउने प्रक्रिया सकेको छ।
गोवा प्रहरीको सहयोगमा चूर्णबहादुरको शवलाई एयर एम्बुलेन्समार्फत लखनउ र त्यहाँबाट शव वाहनमार्फत घरसम्म पुर्याउने व्यवस्था गरिएको छ । अन्यको हकमा पनि थप पहल जारी रहेको र त्यहाँ रहेका नेपालीले आर्थिक जोहोसमेत गरेर शव पठाउने व्यवस्थामा सघाइरहेका छन्।
Facebook Comments