तोलामा १ हजारले रूपैयाँले बढ्याे सुनकाे मूल्य

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २५ गते ०६:०२
Image of https://mayorsap.com/storage/photos/shares/gold-and-silver.jpg

काठमाडौं । बुधबारको तुलनामा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५३ हजार १०० कायम भएको छ भने एक तोला चाँदीको मोल रु तीन हजार ८०५ निर्धारण भएको छ ।

बुधबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५२ हजार १०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ७५० मा कारोबार भएको थियो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार २४२ र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।


Facebook Comments