भिमादमा दूध किसानलाई प्रतिलिटर १० रूपैयाँ अनुदान
दूध उत्पादनमा प्रोत्साहन कार्यक्रम
मेयरसाप डेस्क
|
२०८२ मंसिर २५ गते ०६:००
दमौली । तनहुँको भिमाद नगरपालिकाले दूध उत्पादक किसानहरूको प्रोत्साहनका लागि महत्त्वपूर्ण निर्णय गरेको छ । नगरपालिकाले अब किसानलाई दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि, २०८२ अनुसार प्रतिलिटर १० रुपैयाँ अनुदान प्रदान गर्ने भएको छ ।
नगरप्रमुख दधिराज सुवेदीले यो घोषणा गर्दै नगरपालिका र भिमाद कृषि उद्यम सहकारी संस्थाबीच अनुदान वितरण सम्बन्धी सम्झौता भइसकेको जानकारी दिएका छन् । सम्झौताअनुसार, दूध उत्पादन गर्ने किसानलाई उक्त रकम भिमाद कृषि उद्यम सहकारीले उपलब्ध गराउनेछ ।
नगरपालिकाले अनुदान मात्र नभई दूधको मौसमी मूल्य समेत निर्धारण गरेको छ। भदौ १ गतेदेखि माघ मसान्तभित्र दूधको खरिद मूल्य प्रतिलिटर रु ११०, थोक बिक्री मूल्य रु १२० र खुद्रा बिक्री मूल्य रु १३० तोकिएको छ ।
यसैगरी, फागुन १ गतेदेखि साउन मसान्तसम्मका लागि खरिद मूल्य रु ११५, थोक बिक्री मूल्य रु १३० र खुद्रा बिक्री मूल्य रु १४० निर्धारण गरिएको छ । यो निर्णयले किसानलाई दूध उत्पादनमा थप उत्प्रेरणा मिल्ने विश्वास गरिएको छ ।
Facebook Comments