सहसचिव भट्टराईसहित ६ जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर
भिजिट भिसा प्रकरण
मेयरसाप डेस्क
|
२०८२ मंसिर २५ गते १९:२६
काठमाडौं । भिजिट भिसामा विदेश जाने नेपालीहरूसँग अवैध असुली धन्दा चलाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
अख्तियारले तत्कालीन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख एवं सहसचिव तीर्थराज भट्टराईसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारले २०८१ चैत ७ गते सहसचिव भट्टराईलाई पक्राउ गरेपछि यो प्रकरण सतहमा आएको थियो ।
यस प्रकरणमा तत्कालीन गृहमन्त्री रमेश लेखकको नाम पनि मुछिएको थियो । उनकै योजना र ’सेटिङ’ मा भट्टराईलाई एयरपोर्ट पठाइएको र असुली धन्दा चलाइएको आरोप लागेको थियो ।
घटना सार्वजनिक भएपछि विपक्षी दलहरूका सांसदहरूले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै आएका थिए ।
यस प्रकरणमा तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडी लगायत अन्य कर्मचारीको भूमिकामाथि पनि प्रश्न उठेको थियो ।
Facebook Comments