ट्रम्पको फ्लोरिडा घरमा प्रवेश गर्ने व्यक्तिलाई सुरक्षा घेरामा गोली हानी मारियो

No Author Assigned | २०८२ फागुन ११ गते ०९:१४
Image of https://mayorsap.com/storage/photos/shares/trumps-florida-home.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित निवासमा प्रवेश गर्न खोज्ने एक व्यक्तिलाई सुरक्षा अधिकारीहरूले गोली हानी मारिएको छ। घटना हुँदा राष्ट्रपति ट्रम्प वाशिंगटन डीसीमा रहेका थिए।

सुरक्षा अधिकारीहरूका अनुसार, उक्त व्यक्ति सुरक्षा घेराभित्र प्रवेश गर्न खोज्दा अमेरिकी स्टेट सिक्रेट सर्भिसका एजेन्ट र पाम बीच काउन्टी शेरिफ कार्यालयका अधिकारीहरूले उनलाई रोक्ने प्रयास गरेका थिए। सुरक्षाकर्मीहरूले पेट्रोलको क्यान र बन्दुक बरामद गरेका छन्।

अधिकारिहरूले भने, “सुरुमा युवकलाई आफ्नो हतियार छोड्न आदेश दिइयो। उनले पेट्रोलको क्यान तल राखे तर बन्दुकलाई फायरिङ पोजिसनमा उठाए। त्यतिबेला ‘खतरा हटाउन’ गोली चलाउनुपरेको थियो।”

यसअघि २०२४ मा पेन्सिलभेनियाको बटलरमा भएको हत्या प्रयासपछि राष्ट्रपति ट्रम्प वरिपरिको सुरक्षा घेरा थप बलियो बनाइएको छ।


Facebook Comments