Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

पूर्वी अमेरिकामा शक्तिशाली हिमआँधी: लाखौं मानिस प्रभावित

५ हजारभन्दा बढी उडान रद्द

User Image मेयरसाप डेस्क | २०८२ फागुन १२ गते ०९:०८
Image of https://mayorsap.com/storage/photos/shares/us-snowstorm-2.jpg

काठमाडौं । अमेरिकाको पूर्वी क्षेत्रमा सोमबार आएको शक्तिशाली हिमआँधीले यातायात, विद्युत् आपूर्ति र हवाई सेवामा व्यापक अवरोध सिर्जना गरेको छ। करिब ५ हजार ६७५ भन्दा बढी उडान रद्द भएको र लाखौं मानिस प्रभावित भएको बीबीसीले जनाएको छ।

अमेरिकी राष्ट्रिय मौसम सेवा अनुसार, रोड आइल्याण्ड र म्यासाचुसेट्सका केही भागमा ३३ इन्च '८३ सेमी' सम्म हिउँ परेको छ। न्यूयोर्क सिटीको सेन्ट्रल पार्कमा मात्र १९ इन्चभन्दा बढी हिउँ जमेको छ। राज्य निकायले यात्रा अवस्था ‘झन्डै असम्भव’ रहेको भन्दै चेतावनी जारी गरेको छ।

पूर्वी क्षेत्रमा करिब ६ लाख घरधुरी र व्यवसाय विद्युत् आपूर्तिबाट बञ्चित भएका छन्। विशेषगरी न्यूजर्सी र म्यासाचुसेट्स सबैभन्दा बढी प्रभावित रहेका छन्। मौसम विभागले मंगलबार बिहानसम्म थप १–२ फिट हिउँ पर्न सक्ने अनुमान गरेको छ।

रोड आइल्याण्डमा प्रोभिडेन्समा ३३ इन्च हिउँ परेको छ, जुन सन् १९७८ को कीर्तिमान तोड्ने दरजामा छ। म्यासाचुसेट्सकी गभर्नर मउरा हिलीले दक्षिण–पूर्वी म्यासाचुसेट्समा गैर–आवश्यक सवारीमा प्रतिबन्ध लगाइन् र राजमार्गमा गति ४० माइल प्रतिघण्टामा सीमित गरिन्।

न्यूयोर्क सिटीमा यात्रा प्रतिबन्धका कारण ८० लाखभन्दा बढी जनसंख्या भएको शहर केही समयका लागि ठप्प जस्तो बनेको थियो। हवाई सेवा पनि प्रभावित भएको छ। ला गार्डिया विमानस्थलबाट ९८ प्रतिशत, जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलबाट ९१ प्रतिशत उडान रद्द भएका छन्। लोगन अन्तर्राष्ट्रिय, नेवार्क लिबर्टी र फिलाडेल्फिया अन्तर्राष्ट्रिय विमानस्थलमा पनि अधिकांश उडान रद्द भएका छन्।

कनेक्टिकट र न्यु जर्सीमा रुख ढल्ने र हाँगा भाँचिने जोखिमका कारण सडक यात्रा जोखिमपूर्ण रहेको छ। प्रोभिडेन्समा हिउँ पन्छ्याउने सवारीलाई अवरोध पुर्‍याएको भन्दै ३०० भन्दा बढी गाडी क्रेनको सहयोगमा हटाइएको थियो।


Facebook Comments