करण केसी र वर्षा बस्नेत वैवाहिक बन्धनमा
मेयरसाप डेस्क
|
२०८२ फागुन १२ गते १०:४६
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख बलर करण केसी वैवाहिक बन्धनमा बाँधिएका छन् । केसीले युटुबर तथा पत्रकार वर्षा बस्नेतसँग विवाह गरेका हुन् ।
परिवारका सदस्य र निकट आफन्तहरूको उपस्थितिमा सम्पन्न विवाह समारोह चार दिनअघि नै भएको बताइएको छ । तर दुवैले सामाजिक सञ्जालमार्फत आज मात्र विवाहका तस्बिर सार्वजनिक गरेका हुन् ।
लामो समयदेखि प्रेम सम्बन्धमा रहेका केसी र बस्नेतको सम्बन्धबारे क्रिकेट तथा सञ्चार क्षेत्रका साथीहरूबीच चर्चा रहँदै आएको थियो ।
Facebook Comments