धादिङ–१ को महासङ्ग्रामः पुराना किल्ला भत्काउन सक्षम होलिन् त आशिका ? (भिडियोसहित)
मेयरसाप डेस्क
|
२०८२ फागुन १२ गते १२:००
काठमाडौं । काठमाडौँलाई ताजा तरकारी खुवाउने धादिङको उर्वर भूमि अहिले राजनीतिको ’हटस्पट’ बनेको छ । पृथ्वी राजमार्गको चाप र त्रिशूलीको कलकल सुसाई जस्तै यहाँको चुनावी चर्चा पनि निकै वेगवान् भएको छ । दशकौँदेखि कम्युनिष्टहरूको लाल किल्ला मानिँदै आएको धादिङ निर्वाचन क्षेत्र नं. १ मा यसपटक भने नयाँ र पुराना शक्तिबीच भिषण चुनावी भिडन्त हुने देखिन्छ ।
भनिन्छ, “पुराना रुखका जरा गहिरा हुन्छन्“, तर यसपटक ती जरा हल्लाउन युवा उर्जा र नयाँ जोस मैदानमा उत्रिएका छन्। २०४८ सालयता यो क्षेत्रमा वामपन्थी उम्मेदवारले विजयको झण्डा गाड्दै आएका थिए । तर, यो पटक समिकरण फेरिने सम्भावना बढेर गएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसका युवा उम्मेदवारहरू ’लालकिल्ला’ भत्काउने भगिरथ प्रयासमा छन् ।
यो क्षेत्रमा मूख्य प्रतिस्पर्धिका रुपमा नेपाली कम्युनिष्ट पार्टीका पाका नेता राजेन्द्र पाण्डे छन् ।पञ्चायत कालदेखि नै राजनीतिमा खारिएका पाण्डे विकास र केन्द्रसम्मको पहुँचमा “पुराना खेलाडी“ हुन्। त्यस माथि उनीसँग कुनै बेला घमसान बिद्रोहमा उत्रिएका शालिकराम जम्कटेलको पनि बलियो साथ र समर्थन छ । तर, पाण्डेलाई यो चुनाव फलामको चिउरा चपाउनु सरह नै हुने देखिन्छ । किनकि एकातिर एमालेका पूर्वशिष्य भूमि त्रिपाठी आफ्नो ’विरासत’ फिर्ता लिने दाउ हेरिरहेका छन् भने अर्कोतिर घण्टीको उभार र, आशिका तामाङको ‘क्रेज’ले पुराना दलहरूमाथि चुनौती थपिदिएको छ
कांग्रेसका युवा नेता कृष्ण रिजाल पनि “समय र परिस्थितिअनुसार चल्नुपर्छ“ भन्दै पुस्तान्तरणको एजेन्डा लिएर मैदानमा छन् । कम्युनिष्ट मत विभाजित भएको अवस्थामा आफ्नो ’भोट बैंक’ जोगाएर चुनाव जित्ने उनको दाउ छ। तर, सबैभन्दा बढी चर्चा भने आशिका तामाङकै छ।
आशिकाको चुनावी शैली “बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन“ भन्ने उखानसँग मेल खान्छ। पुराना नेताहरू ’मैले यति किलोमिटर बाटो खनेँ’ भन्दै इतिहासको फेहरिस्त सुनाउँछन् भने आशिका चश्मामा क्यामेरा जडान गरेर ’भ्रष्टाचार कहाँ भयोरु’ भन्दै लाइभ देखाउँछिन्। उनको यो ’एक्सन ओरिएन्टेड’ शैलीले युवा पुस्तामा ठूलो प्रभाव पारेको छ। भलै धेरैले हलुका टिप्पणी गर्दै चटके शैली भनिरहेका छन् ।
तर प्रश्न अझै बाँकी छ— के ५० वर्षको राजनीतिक अनुभवलाई ’फेसबुक लाइभ’ र ’जोस’ले उछिन्न सक्लारु दशकौँदेखि जरा गाडेर बसेका “बर र पिपल“ जस्ता नेताहरूलाई आशिका जस्तो नयाँ बिरुवाले उखेल्न सक्लिन् तरु पाण्डेसँग कार्यकर्ताको ठूलो फौज छ, त्रिपाठीसँग एमालेको सङ्गठन छ, तर आशिकासँग भने जनताको ’अपेक्षा र असन्तुष्टि’को हतियार छ।
रास्वपा देशव्यापी उर्लिएको जनलहरको बलमा ‘सामाजिक अभियन्ता’को अनुहार देखाएर मत मागिरहेको छ ।जनतामा देखिएको पुराना दलहरुप्रतिको वितृष्णालाई देखाउँदै मतदाता आफूतर्फ आकर्षिक गरिरहेको रास्वपाले आशिका तामाङलाई चुनाव जिताउन निकै बल गरिरहेको देखिन्छ । धादिङमा आशिकाले रास्वपा बरिष्ठ नेता बालेन शाहसँग एउटै गाडीमा चढेर मत माग्दै आफ्नो सामथ्र्य देखाउने प्रयास गरेकी थिइन् । विगतको निर्वाचनहरूमा एकछत्र राज गरिरहेका कम्युनिष्टहरु दुईतिर बाँडिएको बेला कांग्रेसको आफ्नै युवा उम्मेदवार र रास्वपाकी भाइरल उम्मेदवार आशिकाको ‘इन्ट्री’ ले धादिङ–१ मा अहिले चार पक्षीय प्रतिस्पर्धा हुने निश्चितप्रायः छ ।
“हुने बिरुवाको चिल्लो पात“ भन्दै युवाहरू आशिकाको पछि लागेका छन् भने “अनुभवको खानी“ भन्दै पुराना पुस्ता पाण्डेकै पक्षमा उभिएका छन्। हिजोसम्म कम्युनिष्टको एकछत्र राज रहेको यो क्षेत्रमा अहिले रोचक प्रतिस्पर्धा हुने देखिएको छ । के अनुभवी राजेन्द्र पाण्डेले आफ्नो विरासत जोगाउलान् रु कि नेकपा एमालेले आफ्नो पुरानो किल्ला फिर्ता लेलारु अथवा, सबैलाई चकित पार्दै आशिकाले धादिङको संसद यात्रा तय गर्लिन् रुयो फागुन २१ को जनमतले निर्धारण गर्नेछ । तर एउटा कुरा पक्का छ, यो लडाइँ केवल चुनाव मात्र होइन, यो “इतिहास र भविष्य“ बीचको महाभिडन्त हो ।
Facebook Comments