निर्वाचन सार्ने हल्लाप्रति एमालेकाे आपत्ति, फागुन २१ मै गराउन जोड
No Author Assigned | २०८२ फागुन १२ गते १५:११काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचन फागुन २१ बाट सार्ने हल्ला चलेको विषयमा आपत्ति जनाएको छ। एमालेको निर्वाचन प्रचारप्रसार समितिका संयोजक मीनबहादुर शाहीले मंगलबार पत्रकार सम्मेलनमा चुनाव निर्धारित मितिमा नै हुनुपर्नेमा जाेड दिए ।
शाहीले भने, “अहिले निर्वाचन सर्ने जुन हल्ला फैलाइएको छ, त्यसले नेकपा एमालेको गम्भीर ध्यानाकर्षण पारेको छ। निर्वाचन समयमा नै हुनुपर्छ भन्ने हाम्रो अडान स्पष्ट छ।”
उनले थपे, “कुन कोणबाट, कुन दृष्टिकोणबाट, कुन राजनीतिक उद्देश्यका साथ चुनाव सार्ने हल्ला फैलाइँदैछ? यसको भित्री उद्देश्य के हो? एमालेले यसबारे गम्भीर चासो राखिरहेको छ।”
उनले कुनै पनि बहानामा चुनाव सार्ने विषयमा पार्टी सहमत नहुने जिकिर गरे।
Facebook Comments