चार वर्षदेखि बन्धक नेपाली किशोरी भारतको हिमान्चलबाट उद्धार
मेयरसाप डेस्क
|
२०८२ फागुन १२ गते १५:२२
काठमाडौं । भारत हिमांचल प्रदेशको कोताखाई भन्ने स्थानमा चार वर्षदेखि बन्दक बनाइएकी नेपाली किशोरीको उद्धार गरिएको छ । उनी रुकुम पश्चिमकी स्थायी वासिन्दा हुन् ।
नेपाली दूताबास दिल्लीमा आएको निवेदनका आधारमा किन इन्डिया, वाल कल्याण समिति र हिमान्चल प्रहरीको टिमले चार वर्षदेखि बन्धक किशोरीलाई उद्धार गरिएको किन इन्डिया सामाजिक संस्थाका कार्यकारी निर्देशक नविन जोशीले जानकारी दिए ।
जोशीले दिएको जानकारी अनुसार दुई महिनाको प्रयासपछि किशोरीलाई सकुशल उद्धार गरिएको हो । आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि उनलाई दिल्ली ल्याइने भएको छ ।
Facebook Comments