जनमतका समानुपातिक उम्मेदवार दनुवार नेकपा प्रवेश
मेयरसाप डेस्क
|
२०८२ फागुन १२ गते १९:२१
सिराहा। जनमत पार्टीका समानुपातिक उम्मेदवार तथा कर्जन्हा नगरपालिका ८ का वडा अध्यक्ष हरेराम दनुवार नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। आज (मंगलबार) आयोजित एक कार्यक्रमबीच दनुवार औपचारिक रूपमा नेकपामा प्रवेश भएका हुन्।
दनुवारलाई नेकपाका केन्द्रीय सदस्य तथा सिराहा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा प्रत्यक्षतर्फका उम्मेदवार अजय शंकर नायक, नेता रामचन्द्र ठाकुर र प्रकाश अधिकारीलगायतले स्वागत गरेका थिए। कार्यक्रममा बोल्दै नेताहरूले दनुवारको आगमनले सिराहा–४ मा पार्टी थप सशक्त हुने विश्वास व्यक्त गरे।
पार्टी प्रवेशपछि प्रतिक्रिया दिँदै दनुवारले सिराहा क्षेत्र नम्बर ४ मा नेकपाका उम्मेदवार नायकलाई विजयी बनाउन आफूले नेकपा रोजेको बताए। विकास, स्थायित्व र राजनीतिक सहकार्यका लागि मैले यो निर्णय लिएको उनले भने।´
स्थानीय तहमा सक्रिय रहँदै आएका दनुवारको प्रवेशले क्षेत्रीय राजनीतिमा नयाँ सन्देश दिने विश्लेषण गरिएको छ। सिराहा–४ मा दलहरूबीच प्रतिस्पर्धा तीव्र बन्दै गइरहेका बेला दनुवारको पार्टी प्रवेशले जनमतलाई ठूलो क्षति हुने संकेत देखिएको छ।
Facebook Comments