Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

खाद्य तथा पेय पदार्थ बिक्री गर्ने फर्ममाथि विभागको अनुगमन

User Image मेयरसाप डेस्क | २०८२ फागुन १३ गते ०७:०६
Image of https://mayorsap.com/storage/photos/shares/dcscp-e1742284831137.jpg

काठमाडौं । निर्वाचनको प्रक्रिया चलिरहेको बेला बजारमा खाद्य तथा पेय पदार्थमा कालोबजारी भएको, उपभोक्तामाथि ठगी भएको गुनासो बढेको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले थप सक्रियता देखाएको छ ।

विभागले अनुमगनको क्रममा कैफियत देखिएपछि जेएस जनरल स्टोर कुलेश्वरलाई रु १० हजार जरिवाना गरिएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार सो फर्मलाई कारवाही गरिएको हो ।

विभागले एकै दिन कूल २० वटा फर्ममाथि अनुमगन निरीक्षण गरेको थियो । त्यसमध्ये १९ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको छ । स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको उपस्थितीमा अनुमगन निरीक्षण गरिएको र कैफियत देखिएकालाई कारवाहीको दायरामा ल्याइएको विभागले प्रष्ट पारेको छ ।
 


Facebook Comments