निर्वाचनका लागि सुनसरीमा कर्मचारीलाई तालिम सुरु
मेयरसाप डेस्क
|
२०८२ फागुन १३ गते ११:५२
इनरुवा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी सुनसरीमा निर्वाचनमा खटिने कर्मचारीका लागि तालिम सुरु गरिएको छ ।
जिल्लाका १६७ मतदानस्थलमा खटिने कर्मचारीहरूलाई निर्वाचन प्रक्रिया र व्यवस्थापनका बारेमा जानकारी दिने उद्देश्यले जिल्ला निर्वाचन कार्यालयले तालिम सञ्चालन गरेको हो ।
इनरुवा–५ स्थित सारदा माध्यमिक विद्यालयमा आयोजित तालिममा जिल्लाका चारवटै निर्वाचन क्षेत्रका मतदान केन्द्रमा खटिने कर्मचारीहरूको सहभागिता रहेको छ ।
जिल्ला निर्वाचन अधिकारी कृष्ण पौडेलका अनुसार तालिममा मुख्य गरी निर्वाचन सुरक्षा, मतदाताको लाइन व्यवस्थापन, कानुनी प्रक्रिया र मतदानका बेला अपनाउनुपर्ने सावधानीका विषयमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान दिइएको छ ।
जिल्ला निर्वाचन कार्यालय सुनसरीले दिएको जानकारीअनुसार यो तालिम आगामी शुक्रबारसम्म सञ्चालन हुनेछ । तालिम सकिएलगत्तै कर्मचारीहरूलाई आवश्यक निर्वाचन सामग्रीसहित उनीहरू खटिने मतदानस्थलतर्फ पठाउने तयारी गरिएको छ ।
Facebook Comments