Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

रास्वपाको आन्तरिक रिपोर्ट : कोशीका २८ मध्ये १९ क्षेत्रमा जित सुनिश्चित

इटहरीमा उर्लियो जनसागर, उत्साहित कार्यकर्ता

User Image मेयरसाप डेस्क | २०८२ फागुन १३ गते ११:३२
Image of https://mayorsap.com/storage/photos/shares/rabi-balen.jpeg

इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टीले कोशी प्रदेशमा आफ्नो बलियो पकड रहेको दाबी गर्दै आगामी निर्वाचनमा दुई तिहाइ क्षेत्रमा जित हासिल गर्ने उद्घोष गरेको छ । 

मंगलबार इटहरीमा आयोजित ‘परिवर्तन उद्घोष सभा’मा देखिएको ठुलो जनसहभागितापछि रास्वपा नेतृत्वले प्रदेशका २८ निर्वाचन क्षेत्रमध्ये कम्तीमा १९ सिट जित्ने आन्तरिक मूल्याङ्कन सार्वजनिक गरेको हो ।

सभालाई सम्बोधन गर्दै पार्टी सभापति रवि लामिछानेले २०४६ सालपछिका सबै ठुला भ्रष्टाचार काण्डको छानबिन गर्ने र सहकारी पीडितको बचत फिर्ता गराउने प्रतिबद्धता दोहोर्याए ।

‘जवाफदेहिता र पारदर्शिता बिना देश अघि बढ्न सक्दैन,’ उनले भने । यस्तै, वरिष्ठ नेता बालेन्द्र शाहले परम्परागत दलप्रति जनताको वितृष्णा बढ्दै गएकाले युवापुस्ताको आशा सम्बोधन गर्न रास्वपा नै सक्षम शक्ति भएको दाबी गरे ।

२०७९ को निर्वाचनमा कोशी प्रदेशमा एउटै पनि सिट जित्न नसकेको रास्वपा यसपटक निकै आत्मविश्वासी देखिएको छ । पार्टीका कोशी प्रदेश महामन्त्री एवं सुनसरी–२ का उम्मेदवार लालविक्रम थापाले जनसहभागिता अपेक्षाभन्दा बढी रहेको बताए ।

सुनसरी र मोरङ जस्ता जिल्लाहरूमा गत निर्वाचनमा प्रतिस्पर्धात्मक मत ल्याएको रास्वपाले पछिल्लो समय सङ्गठन विस्तार र जनसम्पर्कलाई तीव्रता दिएपछि चुनावी नतिजा आफ्नो पक्षमा आउने विश्लेषण गरेको छ ।

सभा स्थलमा भेटिएका सर्वसाधारणले पनि प्रदेशभरि घण्टी बजिसकेको भन्दै परिवर्तनको लहर सुरु भएको प्रतिक्रिया दिएका छन् ।


Facebook Comments