निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले ब्यहोर्ने
मृत्यु भएमा परिवारलाई आर्थिक सहायता
मेयरसाप डेस्क
|
२०८२ फागुन १३ गते १५:००
काठमाडौं । सरकारले आगामी निर्वाचनको सुरक्षामा खटिने सुरक्षाकर्मी र निर्वाचन प्रहरीका लागि विशेष राहत तथा सुरक्षा प्याकेजको घोषणा गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनका क्रममा घाइते हुने सुरक्षाकर्मीको सम्पूर्ण उपचार खर्च सरकारले नै ब्यहोर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार निर्वाचन सुरक्षाका क्रममा कुनै पनि सुरक्षाकर्मी घाइते भएमा उनीहरूको उपचारमा लाग्ने सबै खर्चको दायित्व राज्यले लिनेछ ।
“निर्वाचनलाई सुरक्षित बनाउन अहोरात्र खटिने सुरक्षाकर्मी र निर्वाचन प्रहरीको उपचारमा कुनै कमी हुन नदिन सरकारले यो निर्णय गरेको हो,“ मन्त्री अर्यालले भने ।
यसैगरी, मन्त्रिपरिषद् बैठकले निर्वाचन अवधिभर कर्तव्य पालनाको सिलसिलामा कोही पनि सुरक्षाकर्मीको मृत्यु भएमा उनीहरूका परिवारलाई उचित आर्थिक सहायता उपलब्ध गराउने निर्णय समेत गरेको छ ।
Facebook Comments