रिहा भएलगत्तै दुर्गा प्रसाईंको गर्जन– देश युक्रेनको बाटोमा गयो
मेयरसाप डेस्क
|
२०८२ फागुन १३ गते १४:३६
काठमाडौं । विवादित व्यवसायी एवं राजावादी अभियन्ता दुर्गा प्रसाईं १३ औँ पटकको प्रहरी हिरासतबाट आज मुक्त भएका छन् ।
निर्वाचन भाँड्ने गतिविधिमा संलग्न रहेको आरोपमा निर्वाचन आयोगको पत्राचारपछि पक्राउ परेका उनलाई सर्वोच्च अदालतको बन्दी प्रत्यक्षीकरण रिटमाथिको आदेशले थुनामुक्त गरेको हो ।
अदालतले हिजै रिहािको आदेश दिए पनि कानुनी प्रक्रिया पूरा गरी उनी आज मात्रै हिरासतबाट बाहिरिएका हुन् । हिरासतबाट निस्किएलगत्तै युट्युबरहरूसँगको कुराकानीमा प्रसाईंले आफ्नै पुरानो शैलीमा सरकार र निर्वाचन प्रक्रियामाथि कडा प्रहार गरे ।
प्रसाईंले हालको निर्वाचनले देशलाई विनाशको बाटोमा लैजाने दाबी गरे । ‘यो चुनाव भएको दिनदेखि देश युक्रेनको बाटोमा गयो,’ उनले भावुक बन्दै भने, ‘मलाई यो भन्नुपर्दा हृदय फुटेको छ, म रुन मात्र नसकेको हुँ ।’
Facebook Comments