ऋण नतिर्ने सहकारीका ऋणीलाई ५ दिने अल्टिमेटम
नआए प्रहरीले पक्राउ गर्ने
मेयरसाप डेस्क
|
२०८२ फागुन १३ गते १६:३५
काभ्रे । सहकारीको ऋण लिएर नतिर्ने ऋणीहरूलाई जिल्ला प्रशासन र प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले ५ दिनभित्र सम्पर्कमा आउन कडा चेतावनी दिएको छ ।
बनेपास्थित मुकुल र पशुपति बचत तथा ऋण सहकारीका कुल २८४ ऋणीलाई तत्काल ऋण चुक्ता नगरे कानुन बमोजिम कारबाही गर्ने प्रहरीले जनाएको हो ।
प्रहरी निरीक्षक वेदनारायण श्रेष्ठका अनुसार यी दुवै सहकारीका बचतकर्ताको रकम हिनामिना भएको उजुरी परेपछि अनुसन्धान अघि बढाइएको हो । तोकिएको समयभित्र कार्यालयमा उपस्थित नहुने ऋणीलाई खोजी कार्य गरी पक्राउ गरिने प्रहरीले सूचना जारी गरेको छ ।
जिल्लामा हालसम्म एक दर्जन सहकारीका सञ्चालक विरुद्ध ठगीको उजुरी परेको छ । सोही अभियोगमा २६ जना पक्राउ परिसकेका छन् भने ६७ जना सञ्चालकहरू अझै फरार रहेका छन् ।
Facebook Comments