Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

हामी प्रत्यक्षमा ७० सिटसम्म जित्छौं : प्रचण्ड

User Image मेयरसाप डेस्क | २०८२ फागुन १३ गते १७:२०
Image of https://mayorsap.com/storage/photos/shares/prachanda_5.jpg

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा आफ्नो पार्टीले ६५ देखि ७० सिटसम्म प्रत्यक्षतर्फ जित्ने दाबी गरेका छन् ।

पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित वाम बुद्धिजीवीहरूसँगको छलफलमा उनले विभिन्न अनुसन्धानका रिपोर्टहरूले यस्तो नतिजा देखाउन थालेको उल्लेख गरे ।

संयोजक प्रचण्डले निर्वाचनमा मुख्य चार दलबीच कडा प्रतिस्पर्धा हुने देखिए पनि निष्पक्ष निर्वाचन भए आफ्नो पार्टीको परिणाम अप्रत्याशित रूपमा राम्रो आउने बताए ।

‘हाम्रा कट्टर विरोधीहरूले समेत यसपटक हाम्रो नतिजा राम्रो आउने आँकलन गर्न थालेका छन्,’ उनले भने, ‘कतिपय रिपोर्टहरूले त हामीले प्रत्यक्षमै ६५ देखि ७० सिट जित्ने देखाएका छन् ।’

प्रचण्डले चार शक्तिबीचको भिडन्तमा आफ्नो पार्टी पहिलो शक्ति बन्ने आधार प्रशस्त रहेको दाबी गर्दै दोस्रो र तेस्रो स्थानमा कुन दल रहन्छन् भन्ने निश्चित नभएको टिप्पणी गरे ।

निर्वाचन आउन अब केही दिन मात्र बाँकी रहेको उल्लेख गर्दै उनले अन्तिम समयसम्म सक्रियता बढाउन सके नतिजा थप उत्साहजनक हुने विश्वास व्यक्त गरे । 

उनले अगाडि थपे, ‘अब सात–आठ दिन जो बाँकी छ, हामीले कसेर राम्रोसँग काम गर्ने हो भने हामी स्पष्ट रूपमा अगाडि आउने सम्भावना छ ।’


Facebook Comments