कांग्रेसले सुर्खेत र बाँकेमा आज चुनावी सभा गर्ने, गगनकुमार थापा मुख्य वक्ता
बुटवलमा पनि चुनावी सभा गर्ने तयारी
मेयरसाप डेस्क
|
२०८२ फागुन १४ गते १०:०६
काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनको तयारीका क्रममा नेपाली कांग्रेसले आज 'बिहीबार' सुर्खेत र बाँकेमा चुनावी सभा आयोजना गर्दैछ।
सुर्खेतमा मध्याह्न साढे १२ बजे वीरेन्द्रनगर नगरपालिकास्थित घण्टाघर डबलीमा चुनावी सभा हुने भएको छ। जिल्लाका सभापति खड्गबहादुर पोखरेलका अनुसार सभालाई सभापति गगनकुमार थापा र उपसभापति पुष्पा भुसालले सम्बोधन गर्नेछन्।
त्यसै दिन बाँके-३ अन्तर्गत जानकी गाउँपालिका–३ मानपुरमा पनि कांग्रेसको चुनावी सभा हुने जानकारी प्रदेश सभापति अमरसिंह पुनका स्वकीय सचिव अनुपम जीसीले दिएका छन्। जीसीले बताए अनुसार सभापति थापा सभाको मुख्य वक्ता रहनेछन् ।
कांग्रेसले शुक्रवार रूपन्देहीको बुटवलमा पनि चुनावी सभा गर्ने तयारी गरिरहेको छ। यसरी पार्टीले विभिन्न जिल्लामा चुनावी समरूप गतिविधि बढाउँदै निर्वाचनमा आफ्नो प्रभाव बढाउने रणनीति बनाएको छ।
Facebook Comments