निर्वाचनको मुखमा देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान
No Author Assigned | २०८२ फागुन १४ गते १०:१२
काठमाडौं । आगामी प्रतिनिधि सभा निर्वाचनको तयारीका बीच पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका स्रोतका अनुसार, देउवा बुधबार सिंगापुर एयरलाइन्सको उडानमार्फत त्यसतर्फ उडेका हुन्। उनीसँग केही नजिकका सहयोगीहरू पनि सँगै रहेका थिए।
पार्टी विशेष महाधिवेशनपछि गगनकुमार थापाको नेतृत्वमा नयाँ समिति गठन भएपछि देउवा राजनीतिक रूपमा निष्क्रिय बनेका छन्। यसअघि जेनजी आन्दोलनका क्रममा उनीमाथि कुटपिट भएको थियो र त्यसपछि सिंगापुरमै उपचार गराइसकेका थिए।
यसपटक देउवा उम्मेदवार नभएकाले निर्वाचनको मुखमा विदेश प्रस्थान गर्नु परेको हो। डडेल्धुराबाट कांग्रेसको टिकट नैनसिंह महरले पाएका छन्।
Facebook Comments