चुनावको मुखमा बीबीसी डकुमेन्ट्री भूराजनीतिक चलखेलको जिउँदो प्रमाण : शंकर पोखरेल
सार्वभौम राष्ट्रमा बाह्य प्रभाव अस्वीकार्य
No Author Assigned | २०८२ फागुन १५ गते ०८:३६
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शंकर पोखरेलले बीबीसीले सार्वजनिक गरेको डकुमेन्ट्रीलाई सामान्य सञ्चार सामग्री नभई सम्भावित भूराजनीतिक हस्तक्षेपको जिउँदो प्रमाण भएको बताएका छन्।
सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै पोखरेलले सार्वभौम राष्ट्रको आन्तरिक राजनीतिक प्रक्रियामा बाह्य प्रभाव पार्ने कुनै पनि प्रयास अस्वीकार्य रहेको बताए। उनले निर्वाचनको संवेदनशील समयमा यस्तो सामग्री सार्वजनिक हुनु संयोग हो कि नियोजित हस्तक्षेप भन्ने प्रश्न उठाएका छन्।
पोखरेलले भने, “चुनावको मुखमा सार्वजनिक गरिएको बीबीसीको डकुमेन्ट्री केवल सञ्चार सामग्री मात्र होइन, यो भूराजनीतिक चलखेलको जिउँदो प्रमाण हो।” उनले लोकतन्त्रको रक्षा नेपाली जनताले आफैँ गर्नुपर्ने र नेपालको सार्वभौमिकता सबैको साझा जिम्मेवारी भएको पनि जोड दिएका छन्।

Facebook Comments