Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा ४.७ म्याग्निच्युडको भूकम्प

User Image मेयरसाप डेस्क | २०८२ फागुन १५ गते ०८:५४
Image of https://mayorsap.com/storage/photos/shares/earthquake-d0de93f9.png

काठमाडौं । संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहान ३ बजेर १८ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प संखुवासभाको टोप्के गोला आसपास केन्द्रविन्दु भएर गएको थियो ।

भूकम्पको धक्का संखुवासभा र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमा महसुस गरिएको थियो । प्रारम्भिक सूचना अनुसार हालसम्म मानवीय तथा भौतिक क्षतिको कुनै जानकारी नभएको ती जिल्लाका सुरक्षा अधिकारीहरुले जनाएका छन् । 


Facebook Comments