मकवानपुरमा ट्रक र बस एक आपसमा ठोक्कियो, १४ जना घाइते
मेयरसाप डेस्क
|
२०८२ फागुन १५ गते ११:०२
काठमाडौं। मकवानपुरमा चामल लोड गरिएको ट्रक र यात्रु बाहक बस एकआपसमा ठोक्किँदा १४ जना घाइते भएका छन् ।
बिहीबार मकवानपुरको मनहरी गाउँपालिका–९ रजैया स्थित पूर्व पश्चिम सडक खण्डबाट हेटौंडा तर्फ जाँदै गरेको बा.प्र ०६–००१ ख ०४१५ नम्बरको चामल लोड ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा प्र १–०१००१ ख ४७६८ नम्बरको यात्रु बाहक बस राति ११स्४० बजे एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
मनहरी मकवानपुरबाट खटिएका प्रहरी टोलीले घाइतेलाई उद्धार गरी उपचारको लागी हेटौडा पाइएको प्रहरीले जनाएको छ । घाइतेहरूको अहिले चुरे हिल अस्पताल हेटौडामा उपचार भई रहेको छ ।
घटनाबारे अन्य विस्तृत विवरण आउन बाँकी रहेको र अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।
Facebook Comments