Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

इलाम–२: १२ वर्षअघि पितासँग लडेकासँग भिड्दै सुुहाङ, भेषराजको ‘खतरा साइरन’,  घण्टी चकमन्न (भिडियोसहित)

User Image मेयरसाप डेस्क | २०८२ फागुन १५ गते ११:४१
Image of https://mayorsap.com/storage/photos/shares/maxresdefault-5.jpg

‘कालै टोपी, कालै कोट’ चट्ट सुहाङ नेम्बाङको सोलिट पोज ! सौम्य र शालिन स्वभावका सुहाङ अहिले इलाम–२ बाट पुन संसदिय यात्रा तय गर्ने दाउमा छन् । सूूर्यका सुहाङ इलामबाटै विजयको विगूूल फुकेर घामको किरण काठमाडौंमा पार्न चाहान्छन् । एमाले र नेतृत्वप्रति जनताले फरकमत राखेका बेला सुहाङ त्यस्ता विम्ब बन्दैछन्् जो विवादभन्दा धेरै माथि छन् । तामझामरहित चुनावी अभियानमा होमिएका उनि फेरि इलाम–२ बाट प्रतिनिधित्व गर्ने कुुरामा ढुुक्क जस्तै देखिन्छन् ।

नयाँ शक्ति भनिएको घण्टीको हल्ला डिजिटल डोमिनमा खुुम्चिदा भूगोलमा कांग्रेसनै सुहाङको तगारो बन्ने देखिन्छ । एमालेका सुहाङ विरासत बचाउन कम्मर कसेर लाग्दा कांग्रेसका भेषराज आचार्य लालकिल्ला तोड्ने भगिरथ प्रयासमा छन् । नयाँ दलहरु पनि इतिहास बदल्ने भन्दै धक्का–पक्का गर्ने गरी चुनावी अभियानमा होमिएका छन् । हरेक जसो निर्वाचनमा कुनै न कुनै नयाँ दल वा स्वतन्त्र उम्मेदवार ‘प्रभावशाली’ देखिने गरेकाले इलाम २ को निर्वाचन सधैं रोचक मोडमा पुुग्ने गरेको छ । 

२०७९ को निर्वाचनमा सुवास नेम्बाङले कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई १ सय १४ को झिनो मतान्तरले मात्रै पछि पारेका थिए । यो झिनो मतलाई आधार मान्दा एमालेमा खतराको साइरन बझेको अड्कल काटियो । तर सुुभाव नेम्बाङ दिवंगत पछि २०८१ मा भएको उपनिर्वाचनमा बाबुको विरासत धान्न चुनावी मैदानम आएका सुहाङले सहज जित निकाले । यसले पुन एमालेको पकड कायम रहेको चर्चा गरिन्छ । 

२०८१ सालको उपनिर्वाचनमा बाबुु सुुभाससंगै भिडेका डम्बर छोरा सुुहाङसंग आमने सामना भएका थिए । सुुहाङले पनि डम्बरलाई ५ हजार ८३० मतको अन्तरमा चुनाव हराए । सुुहाङले २७ हजार ७७२ मत पाउदा कांग्रेसका डम्बर खड्काले २१ हजार ९४२ मत ल्याएका थिए । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले ५ हजार ५० मत पाएका थिए ।

उपनिर्वाचनमा रास्वपाकाको सिंगो नेतृत्व नै इलाममा बसेर घण्टीको ध्वनी सुुनाउदा पनि लज्जास्पद हार व्यहोरेको रास्वापको, अहिले उपनिर्वाचन जति पनि चर्चा नहरेको बुझिन्छ । नगन्य प्रभाव देखिएको रास्वपाले सायद यो पटक इलाम–२ लाई प्राथमिकताको सूचीमासमेत राखेको छैन । पार्टीभित्रैबाट अन्तर्घातको डर खेप्दै उपनिर्वाचनको विषम परिस्थितीमासमेत सहज जित निकालेका सुहाङकाका सामूू यो पटक अलि फरक चुनौती छ । यस पटक नयाँ आएका श्रम संस्कृति पार्टी र राष्ट्रिय परिवर्तन पार्टीमा जानसक्ने मत र रास्वपाप्रतिको देशव्यापी ‘क्रेज’ले एमाले, कांग्रेसलगायत दलहरुलाई पनि कठिन छ । यद्यपी इलाम–२ मा एमालेले २०५६ सालयताका सबै निर्वाचनमा झन्डा फहराइरहेको छ । यता सुहाङसंग मुख्य प्रतिस्पर्धि देखिएका कांग्रेस उम्मेदवार भेषराज आचार्य पनि कमजोर छैनन् । भेषराजलाई धेरै चतुर र रणनीतिक व्यक्तिका रुपमा बुुझ्ने गरिन्छ । कांग्रेस पनि इलामा एकढिक्काजस्तै छ । तर, गत चुनावमा डम्बरबहादुर खड्कालाई हराउन भेषराज आचार्यको टोली लागेको आरोपले भने केही मत फरक पर्न सक्ने देखिन्छ । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा एमालेका सुवास नेम्बाङले १४ हजार नौ सय ३० मत ल्याएर विजयी बन्दा कांग्रेसका आचार्यले १२ हजार आठ सय २८ मत ल्याएका थिए । तर, आचार्य निरन्तर आफ्नो निर्वाचन क्षेत्रमै खटिएकाले ‘मतदातासँग रुझेका’ नेताका रूपमा परिचित छन् । 

इलाम–२ मा  १४ जना उम्मेदवार 

इलाम– २ मा एमालेका सुहाङ नेम्वाङ, कांग्रेसका भेषराज आचार्यबाहेक १२ उम्मेदवार छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट ओमबहादुर गुरुङ, रास्वपाबाट गोकुलबहादुर राई, राप्रपाबाट गणेशप्रसाद दुलाल, मंगोल नेसनल अर्गनाइजेसनबाट श्यामबहादुर लिम्बू, नेपाल जनमुक्ति पार्टीबाट यामबहादुर लिम्बू, राष्ट्रिय परिवर्तन पार्टीबाट दिवस राई छन् । यस्तै, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट सादरसिंह लिङ्देन लिम्बू, श्रम संस्कृति पार्टीबाट सुदीप राई, नेकपा (माओवादी)बाट होमप्रसाद खतिवडा, राष्ट्रिय जनमुक्ति पार्टीबाट पवित्रा लिम्बू लुम्वाङ्फे, जनता समाजवादी पार्टीबाट बलबहादुर आङ्देम्बे र स्वतन्त्रबाट डाकप्रसाद गौतम छन् ।


Facebook Comments