Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

ट्रम्पको दाबीपछि इरानले खामेनीको मृ'त्यु पुष्टि गर्यो

४० दिन शोक घोषणा

User Image मेयरसाप डेस्क | २०८२ फागुन १७ गते ०७:५६
Image of https://mayorsap.com/storage/photos/shares/kkkk-r2gjnjzl5a.png

काठमाडौं । इरानी राज्य टेलिभिजनले औपचारिक रूपमा अली खामेनीको मृत्यु पुष्टि गरेको छ। उनको निधनमा ४० दिन शोक घोषणा गरिएको जानकारी बीबीसीले जनाएको छ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमार्फत् खामेनी मारिएको दाबी गरेका थिए। तर तत्काल इरानबाट यसको आधिकारिक पुष्टि भएको थिएन।

इरानका विदेशमन्त्री अब्बास अराघचीले एनबीसी समाचार संस्थासँगको कुराकानीमा आफ्नो नेता सुरक्षित र स्वस्थ रहेको बताउँदै खामेनीको मृत्युबारेको रिपोर्टलाई खण्डन गरेका थिए।

तर इरानको राज्य टेलिभिजनका एक प्रस्तोताले भावुक हुँदै खामेनीको मृत्यु भएको र ४० दिन शोक घोषणा गरिएको जानकारी दिएका छन्। यस घटनासम्बन्धी थप विवरण आउन बाँकी छ ।

 


Facebook Comments