Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

बमबारूदको भिडियो नखिच्न र सामाजिक सञ्जालमा नहाल्न दुबई प्रहरीको आग्रह

भिडियो खिच्ने फेला परे डिपोर्टको चेतावनी

User Image मेयरसाप डेस्क | २०८२ फागुन १७ गते ०९:३१
Image of https://mayorsap.com/storage/photos/shares/dubai-police.JPG

काठमाडौं । दुबई प्रहरीले सार्वजनिक सुरक्षा सुनिश्चित गर्न बमबारूद तथा संवेदनशील गतिविधिहरूको भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट नगर्न अनुरोध गरेको छ।

मध्यपूर्वमा इरान–अमेरिका तनावका बीच जारी सुरक्षा सतर्कतामा प्रहरीले नागरिक र यात्रुहरूलाई सचेत रहन चेतावनी दिएको हो। प्रहरीका अनुसार, “यसले तपाईं र हाम्रो सुरक्षा जोखिममा पार्छ र अर्को पक्षलाई मात्र फाइदा पुर्‍याउँछ।”

प्रहरीले भनेको छ कि यदि भिडियो खिच्ने कार्य रोकिएन भने सम्बन्धित व्यक्तिहरूलाई डिपोर्टसम्मको कारबाही गर्न बाध्य हुनेछ। यो कदम दुबई विमानस्थल र वरिपरिका संवेदनशील क्षेत्रहरूमा सुरक्षा व्यवस्थालाई मजबुत बनाउनको लागि उठाइएको हो।


Facebook Comments