रौतहटको राजपुर–५ मा बम जस्तो शंकास्पद वस्तु फेला
घटनास्थलमा सुरक्षा सतर्कता बढाइयो
No Author Assigned | २०८२ फागुन १८ गते ०९:५८
रौतहट । राजपुर नगरपालिका–५ – स्थानीयहरूले बमजस्तो देखिने शंकास्पद वस्तु फेला पारेपछि घटनास्थलमा सुरक्षा सतर्कता बढाइएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी विष्णु प्रदीप बस्यालका अनुसार शंकास्पद वस्तु भेटिएको पुष्टि भएको छ। प्रहरीले घटनास्थलमा सुरक्षा घेरा कायम गरेको छ।
सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ र वस्तुको प्रकृति तथा जोखिमको प्रारम्भिक जाँच भइरहेको छ। प्रहरी र सुरक्षा निकायले स्थानीयलाई सचेत रहन आग्रह गरेका छन्।
Facebook Comments