Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

दुबई विमानस्थलले सोमबार साँझदेखि पुनः ‘सीमित’ उडानहरू सुरु गर्ने

User Image मेयरसाप डेस्क | २०८२ फागुन १८ गते २१:१४
Image of https://mayorsap.com/storage/photos/shares/dubai-airports-1.jfif

काठमाडौं । दुबई र अबु धाबी विमानस्थलहरूसहित खाडी क्षेत्रमा इरानले आक्रमण गर्न थालेपछि रद्द गरिएको तीन दिनपछि सोमबार साँझबाट पुनः ‘सीमित’ उडानहरू सुरु हुने आबुधावी विमानस्थल प्रशासनले जानकारी गराएको छ। 

“दुबईले ‘दुबई अन्तर्राष्ट्रिय विमानस्थल 'डिएक्सबी’ र ‘दुबई वल्र्ड सेन्ट्रल–अल मकतूम’ अन्तर्राष्ट्रिय विमानस्थल 'डिडब्ल्यूसी' बाट उडानहरू सीमित रूपमा पुनः सुरु गर्ने घोषणा गरेको छ।

‘एमिरेट्स’ र कम लागतको विमान कम्पनी ‘फ्लाई दुबई’ दुवैले सोमबार साँझ केही उडानहरू पुनः सुरु गर्ने बताएका छन्। अबुधाबीबाट उडान भर्ने इहाद एयरवेजले मङ्गलबारदेखि उडान सुरु गर्ने जनाएको छ ।

खाडी मुलुकहरूमा इरानले व्यापक बमबारीको सहयोगमा सैन्य अखडाहरूमा प्रहार गरेको छ, साथै उसले आवासीय भवनहरू, होटलहरू, विमानस्थल र समुद्री बन्दरगाहजस्ता नागरिक पूर्वाधारहरूमा पनि प्रहार गरेको पाइएको छ। आक्रमणले लामो समयदेखि जारी मध्यपूर्व द्वन्द्वबाट सुरक्षितस्थलको रूपमा हेरिएको क्षेत्रमा तनाव सिर्जना भएको छ। 

इरानले शनिबारदेखि अभियान सुरु गरेयता दुबई, अबुधाबी, कुवेत र मनामा विमानस्थललाई निशाना बनाइएको छ । संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीमा भएको उक्त घटनामा एक जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

संयुक्त अरब इमिरेट्स ९युएई० ले आफ्नो हवाई क्षेत्र अस्थायी र आंशिक रूपमा बन्द गरेको शनिबार घोषणा गरेको थियो ।
दुबईको मुख्य विमानस्थल ९डिएक्सबी० संयुक्त राज्य अमेरिकाको एटलान्टापछि विश्वव्यापी रूपमा दोस्रो व्यस्त विमानस्थलको रूपमा रहेको ‘अन्तराष्ट्रिय विमानस्थल परिषद्’ले जनाएको छ ।

हवाई क्षेत्र बन्दले शहरको लागि एक महत्त्वपूर्ण क्षेत्रलाई असर गर्यो, दुबईको हवाई उद्योगले युएईको अर्थव्यवस्थाको लगभग एक तिहाई हिस्सा ओगटेको छ। 


Facebook Comments