Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

दिवङ्गत अभिभावकका स्मृतिमा पाँच लाखको अक्षयकोष स्थापना

User Image मेयरसाप डेस्क | २०८२ फागुन १९ गते ०८:२०
Image of https://mayorsap.com/storage/photos/shares/help.jpg

म्याग्दी  । रघुगङ्गा गाउँपालिका–१ बेगको स्वास्थ्यचौकीमा एक दम्पतीले दिवङ्गत अभिभावकको स्मृतिमा रु पाँच लाखको अक्षयकोष स्थापना गरेका छन् ।बेगखोला घर भई हाल बेलायतमा कर्मथलो बनाएका नगेन्द्र पाइजा र उनकी श्रीमती लक्ष्मीदेवीले विपन्न वर्गहरूलाई लक्ष्य गरी स्व पिता जसबहादुर पाइजा र आमा मनिषा पाइजाको स्मृतिमा अक्षयकोष स्थापना गरेका हुन् ।

जन्मथलो आएका पाइजा दम्पतीले बेग स्वास्थ्यचौकीका व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडाध्यक्ष बिलप्रसाद फगामीलाई अक्षयकोषको रकम हस्तान्तरण गरेका थिए । 

उक्त रकमको ब्याजबाट स्वास्थ्यचौकीमा उपचारका लागि आउने विपन्नहरूको थप उपचारका लागि सहयोग गरिने वडाध्यक्ष फगामीले बताए । उनका अनुसार थप उपचारका लागि बजारका अस्पतालमा जानुपर्ने विपन्नहरूका लागि यातायात खर्च, दुर्घटना, विपद् प्रभावितहरूलाई आकस्मिक अवस्थामा अक्षयकोषको रकम परिचालन गरिने भएको छ ।


Facebook Comments